वर्षाले धानबालीमा क्षति « Khabarhub

वर्षाले धानबालीमा क्षति


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गत सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धान नष्ट भएको छ ।

जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

यो वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो । यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ ।

यसैबीच, सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ । वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन् ।

जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा–३ का किसान वेलबहादुर दर्जीले बताए ।

यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो । असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो ।

बेनी नगरपालिका वडा नम्बर २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति गरेको छ भने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : ४२ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य