आजका समाचार : कांग्रेस-एमाले एक्ला एक्लै उपनिर्वाचन लड्ने, उल्लासमय छठ, ट्रम्पलाई विश्वभरबाट बधाई | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस-एमाले एक्ला एक्लै उपनिर्वाचन लड्ने, उल्लासमय छठ, ट्रम्पलाई विश्वभरबाट बधाई


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने
विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन् ।

अहिले सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । त्यसमा जनमत पार्टी, जसपा नेपाल र जसपा पनि सहभागी छन् । लोसपा पनि सत्ता पक्षमै छ ।


साना दलको स्थानीय तहमा ठूलो प्रभाव छैन । यस्तोमा रिक्त स्थानमा हुने उपनिर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने अवस्था छ । केही स्थानमा विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको उपस्थिति छ । तर रिक्त रहेका नगरपालिका र गाउँपालिकाको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले नै हुन् ।

वडा तहमा नेकपा एकीकृत समाजवादीको पनि चर्चा छ । यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पहिलो स्थानीय तह उपनिर्वाचनमा भाग लिँदैछ । पुराना र ठूला दलप्रति आक्रोश बढेका बेला रास्वपाले कस्तो प्रभाव छाड्छ हेर्न बाँकी छ ।

नवनियुक्त इजरायली राजदूतको स्वागत

राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी

छठ पर्वले समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् : प्रचण्ड

सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण : माधव नेपाल

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्‍न छठी माताको पूजाअर्चना गरेका हुन् ।


राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे। राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा (तस्बिरहरू)

कालीगण्डकी किनारमा २४ वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : देउवा

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

छठ पर्वको मुख्य दिन आज : यस्तो छ व्रतविधि

हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)

विराटनगरमा छठको उल्लास : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलासा भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीसँगको बयानमा पक्राउ परेका उनीहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलाएका हुन् ।


मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले बुधबार नै पदबाट राजीनामा दिएएका छन् ।

मन्त्री अधिकारीसँगै जापानका लागि उडेका तीन जना र कीर्ते कागजात बनाउनन संलग्न तीनजना गरी ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

खोकनाका किसान धमाधम भित्र्याउँदैछन् धान  

‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दो

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गरेकी हुन् ।


रिपब्लिकन नेता ट्रम्पले चार वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उनका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उनले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गरेकी हुन् ।

‘ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका’

ट्रम्पको पुनरोदय – अब संसारमा के हुन्छ ?

गाजामा पोलियो खोप अभियान सम्पन्न

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

अमेरिका र चीनबीच सहकार्य हुनुपर्छ : चिनियाँ राष्ट्रपति सी

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ५७ बजे

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री

छोराले आफ्नै बुबाको हत्या गरेपछि…

 त्रिवेणी– रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍मा हिनामिना, तत्कालीन निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी

जनकपुरधाम-वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी

प्लास्टिकजन्य फोहर नजलाउन आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका