प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन « Khabarhub

प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण बिगारेको भनेर लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू देशमा औद्योगिक वातावरण हुनुपर्छ, उद्योग स्थापना हुनुपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।

त्यहीअनुसार विद्युत् प्राधिकरण लागिरहेको पनि उनले जानकारी दिएका छन् । ‘यसअघि लोड पनि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेसम्म जोड्नु हुँदैन भनेर विनियमावलीमा व्यवस्था गरेका थियौँ। बक्यौता भएकालाई थप लोड स्वीकृत नगर्ने भनेका थियौँ’, उनले भने, ‘तर त्यसलाई संशोधन गरेर हामीले पछिल्ला चार वर्षमा ८ सय मेगावाट लोड उद्योगका लागि स्वीकृत गरेका छौँ । करिब १३ सय मेगावाटको लोड हालसम्म उद्योगका लागि स्वीकृत भएको छ ।’

घिसिङले साधारण ग्राहकको भन्दा पनि औद्योगिक ग्राहकको शुल्क कम रहेको पनि बताएका छन् ।

‘हामीले उद्योग बढाउन प्राथमिकता दिएका छौँ । उद्योगका साथीहरू बक्यौता तिर्नेभन्दा विवादित बनाउने र राजनीतिकरण गर्ने काममा लाग्नु भएको छ’, उनले भने, ‘जुनबेला लाइन काटिन्छ अनि हल्ला सुरु हुन्छ । उद्योगले जति पनि उत्पादन गरेको हुन्छन्, कम्तीमा पनि एक महिनालाई पुग्ने हुन्छ । कुनै पनि उद्योग पूरा क्षमतामा चलेको हुँदैन । उहाँहरूको सामान जबसम्म विक्री हुन्न तबसम्म लाइन जोड्न आउनु हुन्न । तर सामान बिकिसकेपछि हल्ला सुरु हुन्छ ।’

उनले सामान बेचिसकेपछि उद्योगीहरू बेरोजगारी बढायो, उद्योग बन्द गरायो, नेपालको अर्थतन्त्र तहसनहस गरायो भनेर ‘इमोशनल ब्यालकमेलिङ’ गर्ने काममा लाग्ने गरेको बताए ।

‘ब्यापारी, उद्योगीको इमोशनल ब्ल्याकमेलिङले सरकारलाई दबाब बढाउँछ । सरकारले उद्योगीलाई हेर्नुपर्छ तर उद्योगीले तिर्नुपर्ने रकम तिर्नुपर्छ’, उनले भने, ‘बक्यौता असुली गरेर, हामीले ठूलो राजस्व उठाई नाफा कमाएको भन्ने आरोप लागेको छ। जुन बेला १७/१८ घण्टा लोडसेडिङ थियो, त्यसबेला सर्वसाधारणभन्दा धेरै बिजुली चलाएर फाइदा लिँदा पनि उद्योगीले बक्यौता तिर्दिनँ भन्नु गलत हो ।’

उनले बाँकी रहेको बक्यौता उठाइछाड्ने दृढता व्यक्त गरे । ‘यसमा दृढ छु, म दायाँबायाँ गर्दिनँ । बक्यौता उठाउन खोज्दा राजनीति गर्‍यो भन्नु गलत हो’, उनले भने, ‘बक्यौता उठाएर प्राधिकरणलाई बलियो बनाउनु राजनीति होइन र हुँदैन ।’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ५३ बजे

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा