निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह- उत्पादनमा जोड दिनुस् « Khabarhub

निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह- उत्पादनमा जोड दिनुस्


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । 

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कूल ग्राहस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीहरुले जोड दिनुपर्ने हुन्छ’ उपप्रधानमन्त्री सिंहले भने।

 अहिले क्लिन इनर्जीको आवश्यकता बढ्दै गएको भन्दै उनले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए। त्यसमा नेपालमै बनेको सामाग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए।

 ‘नीजि क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ । यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेछन् भन्न चाहन्छु,’ उपप्रधानमन्त्री सिंहले भने, ‘ तपाईंहरूले एक्जिबिसन हलको कुरा गरे। आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नी । आवश्यकता अनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडि बढाउँछौ ।’ 

आजबाट शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मंसिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरिने छ । प्रदर्शनीमा २८ वटा स्टलहरू र हल बाहिर पनि २६ स्टलहरू रहने छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : ५७ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण