धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
बौद्ध विहार सङ्घ, ललितपुरको शनिबार अक्षेश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्म निरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रुपमा स्वीकार्य गर्न नसकिने बताए ।
प्रधानमन्त्रीले धार्मिक सहिष्णुता कायम गर्दै अहिंसा, शान्ति र एकताका साथ धार्मिक अभ्यास गर्नुपर्ने बताउँदै भने, ‘बुद्ध धर्म र उनका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन । बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरु नै यस धर्मका रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थ छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निशेष गर्नुपर्छ ।’
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- करका लक्ष्य प्राप्ति गर्न इमानदारीपूर्वक काम गर्नू
साझा एजेण्डामा सरकार चलिरहेको छ : महासचिव पोखरेल
नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
कांग्रेसको १०० दिने अभियान पुनः सुरु
अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह
राजनीतिक स्थायित्वका लागि आन्दोलनको विकल्प छैन : प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरूले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताएका हुन् ।
‘हामीले संविधान जारी हुँदा जे नोट अफ डिसेन्ट लेखेका थियौं, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगत दशको अनुभवले देखाइसकेको छ’– अध्यक्ष प्रचण्डले भने– ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प लिएको छु । त्यो आन्दोलन नयाँ समाजवादी आन्दोलनको आधार पनि हुने छ ।’
उनले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गरे।
‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : नेपाल
उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार
खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की
कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार
उपनिर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना
उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।
भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् ।
तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ ।
काठमाडौँबाट राडी हिनेको बस दुर्घटना, नौ जना घाइते
छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
महाभारतकालीन मेडरी नाच संरक्षणमा थारू समुदाय
राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता सम्मानित
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
‘निर्यात बढाउन हरसम्भव प्रयत्न गर्नेछु’
भारतीय अस्पतालमा आगलागी दश जना नवजात शिशुको मृत्यु
भारतीको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो ।
घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।
सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु
रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
प्रतिक्रिया