नेपालका एटीएम चिनियाँ ह्याकरको निशानामा, अधिकांश बैंकका एटिएम बन्द | Khabarhub Khabarhub

नेपालका एटीएम चिनियाँ ह्याकरको निशानामा, अधिकांश बैंकका एटिएम बन्द


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवारदेखि अधकिांश बैंकको एटीएम सेवा बन्द भएका छन् । एटीएम नचल्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ भने अन्य बैंकको एटीएममा पनि समस्या आएको छ ।

एटीएममा देखिएको समस्या समाधानको प्रयास भइरहेको निरौलाले बताए ।

भने एटीएम ह्याक गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहले बैंकिङ प्रणाली ह्याक गरेको हुन सक्ने अनुमान गरिएको छ ।  नेप्समा आबद्ध भएका १५ बाणिज्य बैंकको एटीएम बन्द भएको स्रोतको दाबी छ ।

यसैबीच शनिवार राति एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पाँच जनालाई दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै गर्दा पक्राउ गरेको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको प्रहरी भनाइ छ ।

एटीएम लुटपाटमा संलग्न उनीहरुको साथबाट १ करोड २७ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बरामद भएको थियो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले चिनियाँ ह्याकरलाई नविल बैंकको एटीएमबाट पक्राउ गरिएको र एक जनालाई ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । ‘सिस्टम ह्याक गरेर चिनियाँहरुले एटीमबाट पैसा चोरी गरिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो’ सुवेदीले भने ।

पक्राउ परेका चिनियाँ नागरिकहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा रोखको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर