नेपालका एटीएम चिनियाँ ह्याकरको निशानामा, अधिकांश बैंकका एटिएम बन्द « Khabarhub

नेपालका एटीएम चिनियाँ ह्याकरको निशानामा, अधिकांश बैंकका एटिएम बन्द


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवारदेखि अधकिांश बैंकको एटीएम सेवा बन्द भएका छन् । एटीएम नचल्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ भने अन्य बैंकको एटीएममा पनि समस्या आएको छ ।

एटीएममा देखिएको समस्या समाधानको प्रयास भइरहेको निरौलाले बताए ।

भने एटीएम ह्याक गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहले बैंकिङ प्रणाली ह्याक गरेको हुन सक्ने अनुमान गरिएको छ ।  नेप्समा आबद्ध भएका १५ बाणिज्य बैंकको एटीएम बन्द भएको स्रोतको दाबी छ ।

यसैबीच शनिवार राति एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पाँच जनालाई दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै गर्दा पक्राउ गरेको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको प्रहरी भनाइ छ ।

एटीएम लुटपाटमा संलग्न उनीहरुको साथबाट १ करोड २७ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बरामद भएको थियो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले चिनियाँ ह्याकरलाई नविल बैंकको एटीएमबाट पक्राउ गरिएको र एक जनालाई ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । ‘सिस्टम ह्याक गरेर चिनियाँहरुले एटीमबाट पैसा चोरी गरिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो’ सुवेदीले भने ।

पक्राउ परेका चिनियाँ नागरिकहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा रोखको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : १४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२