हाम्रै कमजोरीले नेपाली विद्यार्थी भारत गएर पढ्न बाध्य छन् : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

हाम्रै कमजोरीले नेपाली विद्यार्थी भारत गएर पढ्न बाध्य छन् : मुख्यमन्त्री कार्की


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनैतिक तथा प्रशासनिक क्षेत्रको त्रुटि र कमजोरीका कारण नेपाली विद्यार्थी सीमावर्ती भारतीय राज्यमा पढ्न जान बाध्य भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको पुनर्संरचना’ विषयक प्रदेशस्तरीय छलफल तथा अन्तक्रियामा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

शिक्षा क्षत्रमा नेपालले बजार गुमाइरहेको पनि उनले बताए । प्राविधिक शिक्षालाई जीवनोपयोगी तथा व्यवहारिक बनाउँदै परिष्कृत र परिमार्जित गर्न सकिए प्राविधिक शिक्षालयले विद्यार्थीको अभाव खेप्नु नपर्ने धारणा राखे।

सीटीईभीटीको पुनर्संरचना गर्न ढिलाई भएको टिप्पणी गर्दै कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर प्राविधिक शिक्षालयलाई सञ्चालन गर्न सकिने उनले बताए ।

सीटीईभीटी पुनर्संरचना उच्चस्तरीय टोलीले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले प्राविधिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पहल लिनुपर्ने आग्रह गरेका थिए ।

उनले विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सीटीईभीटीले कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।

प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरूको आवागमन बढी विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यससम्बन्धी जनशक्ति उत्पादन गर्ने गरि तालिम सञ्चालन गर्न सुझाए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई ६ महिनाको सूचना प्रविधिको तालिम एवम् ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने कार्य अगाडि बढाइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : १४ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न