कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित | Khabarhub Khabarhub

कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छन् । 

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस उम्मेदवार चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । 

कांग्रेस सुदूरपश्चिम कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावले नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिएपछि चौधरी समन्वय प्रमुखमा निर्विरोध विजयी भएको जानकारी दिए । भुल गत स्थानीय तह निर्वाचनमा कैलाली गाउँपालिका–२ बाट दलित सदस्यमा विजयी भएकी थिइन् ।

जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : २८ बजे

‘इजरायलले सहायता कुरिरहेका २१ जनाको हत्या गर्‍यो’

एजेन्सी – गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार

दोलखाका अधिकांश स्थानीय तहहरूको बजेट सार्वजनिक

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२-०८३ को

सलमानलाई लागेको ‘ट्राइजेमिनल न्यूराल्जिया’ कस्तो रोग हो ? 

चर्चित बलिउड अभिनेता सलमानखानले आफूलाई न्युरोसम्बन्धी रोग ट्राइजेमिनल न्यूराल्जिया भएको