अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश « Khabarhub

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’

अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको विधेयक अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ । अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्नेमा अहिले बहस चलिरहेको छ । -न्यूज कारखानाबाट साभार 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २० बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति