कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी | Khabarhub Khabarhub

कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई  समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । 

मुलुक सङ्घीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ मन्त्री अधिकारीले भने । 

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि  बिहीबार काठमाडौंमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए।

 मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् भने । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए । 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ। रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरूबीच छलफल गरि सुझाव लिएको छ । पूर्व-सचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समुहले कार्य गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  २ : ५१ बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए