देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन | Khabarhub Khabarhub

देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै खटपट नरहेको बताएका छन् । 

प्रजातन्त्र सेनानी अरविन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुरधाम पुगेका देउवाले संघीय सरकारमा कुनै खटपट नरहेको बताएका हुन् । उनले यो गठबन्धन रहिरहने बताएका छन् । 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ । मधेश प्रदेश सरकारको हकमा कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरूले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग मात्रै लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा मात्रै सहयोग लिइने कांग्रेसको अडान रहेको स्पष्ट पारे ।

‘बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन अनुदान लिनुपर्छ,’ कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ, छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए । प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा कांग्रेसएमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५७ बजे

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट

शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला

एजेन्सी – युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

काभ्रेपलाञ्चोक – पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक

पुल नबन्दा स्थानीयलाई सास्ती

कुनौली – सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा