२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार « Khabarhub

२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । 

९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदासम्म १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार पटक शेयर किनबेच भएको छ । 

यस्तै १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मैथली लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूह मध्ये फाइनान्स बाहेक सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह ०.४७ प्रतिशतले घटेर ३ हजार ६७४.२५ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह ९.२७ अंकले बढेर ३ हजार ८७०.८६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०९ प्रतिशतले बढेर २१.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.३२ प्रतिशतले, विकास बैंक ३.१८ प्रतिशतले, होटल तथा पर्यटन १.३६ प्रतिशतले, हाइड्रोपावर १.४६ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, जीवन बीमा २.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६३ प्रतिशतले, लघुवित्त ०.९० प्रतिशतले, निर्जीवन बीमा १.१८ प्रतिशतले र अन्य समूह ०.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : १६ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को