लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सबै मन्त्रालयहरूबाट एकीकृत रुपमा प्रस्तुतीकरण भएको र मन्त्री तथा सचिवहरूले आफ्ना मन्त्रालयका बारेमा कुरा राखेको बताए ।

मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्रीले झन गतिका साथ अघि बढ्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । उनले केही सुधार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ३४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको