आमा समूहबाट गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु | Khabarhub Khabarhub

आमा समूहबाट गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।

सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेका हुन् । गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम सुरु गरिएको जनाइएको छ ।

स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिए ।

हालसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन् ।

‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई उक्त कार्यक्रममार्फत नीजि खर्चमा पोषण समग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवंं महिला स्वास्थ्य स्वयम्सेविका तेजकुमारी सुनुवारले जानकारी दिइन् । यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : ३१ बजे

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : प्राधिकरण

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु

भक्तपुर– भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक

कसले छेक्छ सिटामोलको बजार पुग्ने बाटो ?

तपाईंमध्ये कतिले औषधी पसलमा चिकित्सकले पूर्जामा लेखेकै औषधी पाउनु भएको

आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि

काठमाडौं– आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार अवधि आज