हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’ | Khabarhub Khabarhub

हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त स्वर दिएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ ।

काठमाडौँस्थित जमलको एक हलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा ब्रिजेश, हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् ।

हाकिमले र्‍यापरहरुको जमघटको उद्देश्यले औपचारिक कार्यक्रम गरी गीत सार्वजनिक गरेको बताए ।

उनले भने, ‘हाम्रोमा एकैपटक विभिन्न प्लाल्टफर्ममा सार्वजनिक गर्ने प्रचलन छ । आर्थिक कारणले त्यस्तो भएको पाइन्छ । तर, यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्‍यापर गिरिश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।

‘यसरी र्‍यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ । अहिलेको नयाँ पुस्ताले समेत र्‍यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु,’  गरिशले भने ।
कार्यक्रमको अथितिका रुपमा र्‍यापर मानस घले पनि उपस्थिति थिए । उनले पनि उक्त गीतलाई सफलताको शुभकामना दिए ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १२ : ४९ बजे

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं–  बिबादस्पद मेडिकल व्यवसायी थप ५ दिन हिरासतमा बस्ने भएका

पशुपति क्षेत्रमा बत्ती बाल्न आउनेको घुइँचो

काठमाडौं– मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न

कोशी प्रदेश : भौतिक संरचना पुनः निर्माण कार्यविधि स्वीकृत

विराटनगर- कोशी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म

जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाइयो

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा