प्रधानमन्त्रीको उत्तर भ्रमण : प्रधानमन्त्री लीदेखि राष्ट्रपति सीसम्मलाई भेट्ने « Khabarhub

प्रधानमन्त्रीको उत्तर भ्रमण : प्रधानमन्त्री लीदेखि राष्ट्रपति सीसम्मलाई भेट्ने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो  ।

मन्त्रालयले उत्तरी छिमेकी मुलुक चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाएको छ ।

भ्रमणका क्रममा चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुन भएको छ । चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि ओलीको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ०९ बजे

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको