चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने « Khabarhub

चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबारदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक डाकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तयारी छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई अन्तिम रुप दिने तयारी छ ।

यो बैठकमा चीनसँग हुन गइरहेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौताबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालयन एयरलाइन्सको जहाजमार्फत् चीनको बेइजिङ प्रस्थान गर्दैछन् ।

ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : २८ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा