दशरथ रंगशाला मैदानको स्तरोन्नति प्रारम्भ | Khabarhub Khabarhub

दशरथ रंगशाला मैदानको स्तरोन्नति प्रारम्भ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरे ।

सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए । उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए ।

उक्त अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा सदस्य–सचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ४४ बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको