लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित | Khabarhub Khabarhub

लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर किङ्सले जारी नेपाल प्रिमियर लिग क्रिकेटकै सर्वाधिक उच्च चुनौती पछ्याउँदै जित निकालेको छ ।

यसअघिका दुई खेल लगातार हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।

यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ ।

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा पूरा गरेको हो ।

विराटनगरलाई लगातर तेस्रो हारबाट बचाउन ओपनर लोकश बमले अर्धशतक प्रहार गरे । लोकशले ३ चौका र ६ छक्काको सहयोगमा ४७ बलमा ७१ रन जोडे ।

अन्ततः उनी १७ दशमलव ४ ओभरमा रामोन सिमन्ड्सको बलमा सन्दीप जोरामार्फत क्याच आउट भए ।

त्यस्तै, विराटनगरलाई जिताउन बसिर अहदमले २४ बलमा ४० रन जोडे । उनी उनी दुर्गेश गुप्ताको बलमा बेन कटिङमार्फत क्याच आउट भए । मार्टिन गप्टिलले ६ चौकाको सहयोगमा १७ बलमा २८ रन जोडे ।

अन्य खेलाडीले दोहोरो रन नबाए पनि टिमले जित निकाल्यो । ओपनर इस्मत आलम र निकोलस किर्टोनलाई लुम्बिनीका बलरले शून्यमै समेटे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । साद बिन जफर र रामोन सिमन्ड्स समान दुई विकेट लिए भने विवेक यादवले १ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : २८ बजे

कति सहज छ एलन मस्कको स्टारलिङ्क नेपाल भित्र्याउन ?

नेपालमा दूरसञ्चार क्षेत्रले तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा सन्तोषजनक प्रगति गरिरहेको

तनहुँको बागेश्वरी सडक दश दिनका लागि बन्द

तनहुँ– तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिनका लागि

पाल्पामा सुन्तला महोत्सव हुँदै

पाल्पा– पाल्पामा सुन्तलाखेती प्रवर्द्धनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको

उदयपुरमा आगलागीबाट पाँच लाख बढीको क्षति

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा गएराति

आर्सनलसँग म्यानचेस्टर पराजित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले