प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन् ।
चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताएका हुन् ।
बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको खनालले टिप्पणी गरे । उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी पनि व्यक्त गरे ।
छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने खनालले उल्लेख गरे । बीआरआई नेपालको हितमा रहेको दोहोर्याउँदै खनालले चीनबाट नेपालमा सडकमार्गबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले पारवहनबारे सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे ।
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
प्रचण्ड भन्छन्- राजनीतिक कोर्ष बदल्ने बेला आएको छ
बीआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन : परराष्ट्रमन्त्री
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइनेछ : प्रचण्ड
राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति अस्पतालमा
शिक्षालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ : सभामुख
विराटनगरमा आयोजित शेखर पक्षको गुट भेलाप्रति गगनको थापा आपत्ति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता डा। शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय पालिका सभापतिको भेलाप्रति आपत्ति जनाएका छन् ।
कांग्रेसको कोशी प्रदेश कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको पहिलो प्रदेश सम्मेलनको उद्घाटन समारोहमा उनले कोइराला पक्षले विराटनगरमै आयोजना गरेको भेलाप्रति आपत्ति जनाएका हुन् ।
कोशी प्रदेश सम्मेलनको पूर्वसन्ध्यामा कोइराला समूहले मंसिर १८ गते कोशी प्रदेशअन्तगर्तका पालिकाहरूको सभापतिको भेला आयोजना गरेको थियो ।
उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध : मन्त्री पाण्डे
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
न्यायालयलाई गरिमामय बनाउन सबै जिम्मेवार हुनुपर्छ : प्रधानन्यायाधीश
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला
कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।
यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई ७ रनले पराजित गरेको छ ।
कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो ।
देव र बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य
एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित
एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १८८ रनको लक्ष्य
एनपीएल : लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल : आज लुम्बिनी र सुदूरपश्चिम, कर्णाली र विराटनगर भिड्दै
इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित
पाँच जना जुवाडे पक्राउ, छुटाउन प्रहरीलाई कांग्रेसको दबाब
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । जिल्ल प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले दंगीशरण २ का कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५१ वर्षीय दीपक देवकोटा सहित पाँच जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।
देवकोटा २०७९ मा काँग्रेस बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । त्यसैगरी सोही ठाउँका ३१ वर्षीय तुलसीराम आचार्य,तुलसीपुर ६ का ३६ वर्षीय सुवास चौधरी,तुलसीपुर ११ का ६० वर्षीय केशरबहादुर केसी र छत्रेश्वरी ७ सल्यानका ३४ वर्षीय दुर्गा विष्ट पक्राउ परेका छन् । उनीहरूका साथबाट ९२ हजार १ सय ६५ रुपैयाँ र तीन गड्डी तास र ३२ थान कोरा बरामद गरिएको छ ।
वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो
कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार
म्याग्दीको चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण
पाथीभराको घण्टी बिक्री प्रक्रिया स्थगित
भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू)
पर्साको तिलावे पुल भत्किएको छ महिना बित्यो, पुनर्निर्माणमा छैन चासो
चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी
केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
को हुन् सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी?
सिरियामा सन् २०११ देखि जारी द्वन्द्व १० दिन यता थप सघन बनेको छ । राष्ट्रपति बशर अल(असदको सेनाले देशका प्रमुख शहरमा नियन्त्रण गुमाइरहेको छ ।
देशको प्रमुख शहर अलेप्पोलाई इस्लामी चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले कब्जा गरेको छ । सिरियामा सक्रिय चरमपन्थी समूहहरूले एचटीएसको नेतृत्वमा हमा शहर पनि नियन्त्रणमा लिएको छ ।
एचटीएसका प्रमुख अबू मोहम्मद अल-जुलानी हुन्, जसमाथि जारी लडाइँमा मानव अधिकार उल्लङ्घन गरेको आरोप लागिरहेको छ ।
पछिल्ला वर्षहरूमा अल-जुलानीले विश्वसामू आफ्नो उदारवादी छवि देखाउने प्रयास गरिरहेका छन् । तर, अमेरिकाले आतङ्कवादी सूचीमा राख्दै उनीमाथि एक करोड अमेरिकी डलर इनाम राखेको छ ।
दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु
सिरियामा एकपछि अर्को सहर कब्जा गर्दै विद्रोही सेना
उज्वेकिस्तानले विश्व फेन्सिङ च्याम्पियनसिपको आयोजना गर्ने
सिरियामा दुई लाख ८० हजारबढी मानिस विस्थापित
६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दाबी
प्रतिक्रिया