जित्न बिर्सेको लुम्बिनी, चितवनले चखायो सुदूरपश्चिमालाई पहिलो हार « Khabarhub

जित्न बिर्सेको लुम्बिनी, चितवनले चखायो सुदूरपश्चिमालाई पहिलो हार


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले १ रनको झिनो जित निकाल्यो ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले ३३ रनको जित दर्ता गराएको छ ।

एनपीएलको प्रन्धौँ खेलसम्म आइपुग्दा यी चारै टोलीले समान ४–४ खेल खेलका छन् । जसमा जनकपुरले अहिलेसम्म कुनै खेल हारेको छैन ।

जनकपुरले लुम्बिनीसहित, पोखरा एभेन्जर्स, कर्णाली याक्स र विराटनगर किङसलाई हराएको छ ।

त्यस्तै, चिवतनले तीन खेल जितेको छ भने एक खेल हारेको छ । चितवनले सूदुरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको छ । कर्णाली याक्ससँग तेस्रो खेलमा पराजित भएको हो ।

तस्बिर : चिरायु शाक्य

जित्न नजानेको लुम्बिनी

एनपीएलमा अहिलेसम्म खेलेका एक खेल पनि नजित्ने टोली हो–रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स ।

आफ्नो पहिलो खेलमा जारी प्रतियोगितामा सबैभन्दा बढी रन १९१ को लक्ष्य प्रस्तुत गर्दा पनि लुम्बिनीले विराटजनगरसँग हार सहनु पर्‍यो ।

त्यस खेलमा लुम्बिनी २ विकेटले पराजित भएको थियो ।

आइतबार (आज) को खेलमा जनकपुरले लुम्बिनीसामु निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनको समान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

तर त्यो सामान्य स्कोर लुम्बिनीले चेस गर्न चुक्दा जनकपुरले १ रनको जित निकाल्यो । २० ओभर जवाफी ब्याटिङ गरेको लुम्बिनीले १३५ मात्रै बनायो ।

यसअघि आफनो दोस्रो खेलमा लुम्बिनी पोखरासँग आमनेसामने भएको थियो । लुम्बिनीले १७१ रनको लक्ष्य दियो । लुम्बिनीले जवाफी ब्याटिङमा उत्रिएको पोखराका एक विकेट पनि लिन सकेन । पोखराले १६ दशमलव ५ ओभरमै लक्ष्य पूरा गरेर सहज जित निकाल्यो ।

तेस्रो खेलमा लुम्बिनीले सुदूरपश्चिमसँग ४५ रनको फराकिलो हार सहनुपर्यो‍ ।

कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न सफल लुम्बिनीले सामान्य र मध्ययम लक्ष्य पूरा गर्न नसक्दा जितको स्वाद चाख्न पाएको छैन ।

सुदूरपश्चिमलाई ब्रेक

लगातार ३ खेल जितेको सुदूपश्चिमलाई चौथो जितबाट चितवनले रोकेको छ । अर्थात् सुदूरपश्चिमलाई हार चखाउने टिम चितवन बनेको बनेको छ ।

चितवनले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

जावाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १३१ रन मात्रै जोड्यो । चितवन ३३ रनले विजयी भयो ।

यसअघिको तीन खेलमा सुदूरपश्चिमले लुम्बिनी, काठमाडौं र विराटनगरलाई फराकिलो जित निकालेको थियो ।

लुम्बिनीसँग ४५, काठमाडौंसँग ७३ र विराटनगरसँग ९० रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २३ बजे

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा