जित्न बिर्सेको लुम्बिनी, चितवनले चखायो सुदूरपश्चिमालाई पहिलो हार | Khabarhub Khabarhub

जित्न बिर्सेको लुम्बिनी, चितवनले चखायो सुदूरपश्चिमालाई पहिलो हार


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले १ रनको झिनो जित निकाल्यो ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले ३३ रनको जित दर्ता गराएको छ ।

एनपीएलको प्रन्धौँ खेलसम्म आइपुग्दा यी चारै टोलीले समान ४–४ खेल खेलका छन् । जसमा जनकपुरले अहिलेसम्म कुनै खेल हारेको छैन ।

जनकपुरले लुम्बिनीसहित, पोखरा एभेन्जर्स, कर्णाली याक्स र विराटनगर किङसलाई हराएको छ ।

त्यस्तै, चिवतनले तीन खेल जितेको छ भने एक खेल हारेको छ । चितवनले सूदुरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको छ । कर्णाली याक्ससँग तेस्रो खेलमा पराजित भएको हो ।

तस्बिर : चिरायु शाक्य

जित्न नजानेको लुम्बिनी

एनपीएलमा अहिलेसम्म खेलेका एक खेल पनि नजित्ने टोली हो–रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स ।

आफ्नो पहिलो खेलमा जारी प्रतियोगितामा सबैभन्दा बढी रन १९१ को लक्ष्य प्रस्तुत गर्दा पनि लुम्बिनीले विराटजनगरसँग हार सहनु पर्‍यो ।

त्यस खेलमा लुम्बिनी २ विकेटले पराजित भएको थियो ।

आइतबार (आज) को खेलमा जनकपुरले लुम्बिनीसामु निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनको समान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

तर त्यो सामान्य स्कोर लुम्बिनीले चेस गर्न चुक्दा जनकपुरले १ रनको जित निकाल्यो । २० ओभर जवाफी ब्याटिङ गरेको लुम्बिनीले १३५ मात्रै बनायो ।

यसअघि आफनो दोस्रो खेलमा लुम्बिनी पोखरासँग आमनेसामने भएको थियो । लुम्बिनीले १७१ रनको लक्ष्य दियो । लुम्बिनीले जवाफी ब्याटिङमा उत्रिएको पोखराका एक विकेट पनि लिन सकेन । पोखराले १६ दशमलव ५ ओभरमै लक्ष्य पूरा गरेर सहज जित निकाल्यो ।

तेस्रो खेलमा लुम्बिनीले सुदूरपश्चिमसँग ४५ रनको फराकिलो हार सहनुपर्यो‍ ।

कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न सफल लुम्बिनीले सामान्य र मध्ययम लक्ष्य पूरा गर्न नसक्दा जितको स्वाद चाख्न पाएको छैन ।

सुदूरपश्चिमलाई ब्रेक

लगातार ३ खेल जितेको सुदूपश्चिमलाई चौथो जितबाट चितवनले रोकेको छ । अर्थात् सुदूरपश्चिमलाई हार चखाउने टिम चितवन बनेको बनेको छ ।

चितवनले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

जावाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १३१ रन मात्रै जोड्यो । चितवन ३३ रनले विजयी भयो ।

यसअघिको तीन खेलमा सुदूरपश्चिमले लुम्बिनी, काठमाडौं र विराटनगरलाई फराकिलो जित निकालेको थियो ।

लुम्बिनीसँग ४५, काठमाडौंसँग ७३ र विराटनगरसँग ९० रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २३ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको