प्रियंका र दियाको हरर फिल्म ‘ममी’ माघ २५ मा « Khabarhub

प्रियंका र दियाको हरर फिल्म ‘ममी’ माघ २५ मा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिकाद्वय प्रियंका कार्की र दिया मास्के केन्द्रीय भूमिकामा रहेको हरर फिल्म ‘ममी’को प्रदर्शन मिति माघ २५ लाई तोकिएको छ ।

निर्माण पक्षले मंगलबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा एउटा ठूलो रुखको फेदमा घर रहेको देखाइएको छ। त्यही रुखको आकारमा प्रियंका र दियालाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा प्रियंकालाई गम्भीर भावमा प्रस्तुत छिन् भने दिया रगताम्य अनुहारसहित भयानक अवतारमा प्रस्तुत छिन् ।

फिल्मले एउटा परिवारमा छोरी र कुकुरको निधनपश्चात निम्तिने रहस्यमय घटना प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दियासँगै सु-लक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय छ ।

फिल्मका लेखक र निर्देशक समर निरौला हुन् । निर्देशनमा उनको यो डेब्यू हो । फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।