प्रियंका र दियाको हरर फिल्म ‘ममी’ माघ २५ मा | Khabarhub Khabarhub

प्रियंका र दियाको हरर फिल्म ‘ममी’ माघ २५ मा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिकाद्वय प्रियंका कार्की र दिया मास्के केन्द्रीय भूमिकामा रहेको हरर फिल्म ‘ममी’को प्रदर्शन मिति माघ २५ लाई तोकिएको छ ।

निर्माण पक्षले मंगलबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा एउटा ठूलो रुखको फेदमा घर रहेको देखाइएको छ। त्यही रुखको आकारमा प्रियंका र दियालाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा प्रियंकालाई गम्भीर भावमा प्रस्तुत छिन् भने दिया रगताम्य अनुहारसहित भयानक अवतारमा प्रस्तुत छिन् ।

फिल्मले एउटा परिवारमा छोरी र कुकुरको निधनपश्चात निम्तिने रहस्यमय घटना प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दियासँगै सु-लक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय छ ।

फिल्मका लेखक र निर्देशक समर निरौला हुन् । निर्देशनमा उनको यो डेब्यू हो । फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : १० बजे

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि