वीरगञ्जमा स्वास्थ्य जाँच गर्दा रविलाई उच्च रक्तचाप « Khabarhub

वीरगञ्जमा स्वास्थ्य जाँच गर्दा रविलाई उच्च रक्तचाप


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज पुर्‍याइएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा चिकित्कहरूले सोमबार अपराह्न स्वास्थ्य जाँच गरेका हुन् ।

वीरगञ्जको नारायणी अस्पतालबाट आएका स्वस्थ्यकर्मीहरूले सभापति लामिछानेको स्वस्थ्य जाँच गर्दा उच्च रक्तचाप देखिएको हो ।

परीक्षणका क्रममा रविको रक्तचाप बढेको पाइएको छ । रक्तचाप बढेर १६०/११० पुगे पाइएको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य जाँचपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने तयारी भएको छ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा अध्यक्ष लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै रविलाई पर्सा लगिएको हो ।

हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३४ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा