एक हजार धारा जडान गर्दै लहान नगरपालिका « Khabarhub

एक हजार धारा जडान गर्दै लहान नगरपालिका


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा – चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा यहाँका एक हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको छ ।

नगरपालिकाले ‘वाटर एड’ र दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी ‘विकन’ परियोजनामार्फत एक हजार विपन्न तथा दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गर्ने तयारी गरेको नगरप्रमुख महेश चौधरीले बताए ।

“नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या विकराल छ । हामीले त्यहाँ नेपाल खानेपानी संस्थानको सहकार्यमा आयोजना सञ्चालन गरी एक हजार धारा निःशुल्क जडान गर्ने लक्ष राखेका छौं,” नगरप्रमुख चौधरीले भने, “अघिल्लो वर्षमा नगरको तर्फबाट यहाँका दलित तथा विपन्न समुदायलाई धारा जडानमा आर्थिक सहयोग पनि गरेका छौँ । विस्तारै सबै वडामा खानेपानी पु¥याउने लक्ष्य लिएका छौं ।”

हाल वडा नं। १३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको उनले जानकारी दिए । लहान नगरमा लालपूर्जा नभएका सुकुम्बासीहरू बढी दलित समुदायका छन् । नगरप्रमुख चौधरीका अनुसार अघिल्लो आवमा उनीहरूलाई सहुलियतमा धारा जडान गरिएको थियो ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार एक सय ४९ धारा जडान भएका छन् । लहान नगरपालिकामा २४ वटा वडा छन् । जसमध्ये १ देखि १० सम्ममा एक सय सात किलोमिटर पाइप जडान गरी धारा जडान गरिएका छन् । वडा नं। २४ मा पछिल्लो सेवा विस्तार गरिएको छ ।

खानेपानी सम्बन्धी काम गरिरहेको विकन परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेको छ । यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पु(याउने लक्ष्यसहित कार्य भइरहेको नगरप्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : ५८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,