अन्तिम चरणमा रविविरूद्धको अनुसन्धान, १० दिनभित्र मुद्दा अदालत लानुपर्ने | Khabarhub Khabarhub

अन्तिम चरणमा रविविरूद्धको अनुसन्धान, १० दिनभित्र मुद्दा अदालत लानुपर्ने

अस्पताल भर्ना हुनुपर्ने चिकित्सको सुझाव नमानी हिरासतमै


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सामा बयान सकिएपछि बुधबार काठमाडौं हुँदै पोखरा लगिएको छ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनले यसबीचमा कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सासहित पाँच जिल्लामा बयान दिइसकेका छन् ।

गितेन्द्रबाबु राई (जीबी) समेत सञ्चालक रहेका सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, सहारा सहकारी, हाम्रो सानोपाइला सहकारी र स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा रविलाई पाँच जिल्लामा घुमाएर बयान लिइएको हो ।

बुधबार कास्की पुर्‍याइएका उनलाई त्यहाँस्थित प्रहरीले हिरासतमा लैजानुअघि स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । जहाँ उनको स्वास्थ्य परीक्षण हुँदा रक्तचाप अझै बढेको देखिएको छ । कास्कीमा रक्तचाप बढेर १७०/१०० देखिएको उनका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार प्रमोद न्यौपानेले बताए ।

पर्सामा स्वास्थ्य जाँच उर्दा उनको रक्तचाप १६०/११० देखिएको थियो । तर पोखरा पुर्‍याउँदा रक्तचाप अझ बढेको पाइएपछि फिस्टेल अस्पतालका चिकित्सकले भर्ना भएर उपचारमा रहन सुझाएका थिए । तर रविले अस्पतालमा भर्ना हुन अस्वीकार गरेका छन् ।

अस्पतालका फिजिसियन डा. वसन्त ताम्राकारले लामिछानेको रक्तचाप उच्च अवस्थामा रहेको बताए । स्वास्थ्य परीक्षणबाट लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० देखिएको उनले बताए । मुटुको चालमा पनि समस्या देखिएको पछि इको परीक्षण गरेर उनलाई अस्पतालमा भर्ना हुन भनिएको थियो ।

डा. ताम्राकारले रक्तचाप बढिरहेकाले यस्तो अवस्थाका व्यक्तिले भर्ना भएर निगरानीमा बस्नुपर्छ । तर रविले हिरासतमै औषधि लिएर आराम गर्ने जवाफ ताम्राकारलाई दिएका छन् ।

उनलात्तई अस्पताल भर्ना हुन परिवारका सदस्य र सचिवालयका सदस्यले पनि भनेका थिए । तर उनले मुटु दह्रो रहेको बताउँदे हिरासतमै बस्न गएका हुन् । लामिछानेलाई चिकित्सकले औषधि दिएका छन् ।

गत सोमबार सानो पाइला सहकारीको हिनामिना प्रकरणमा बयानका लागि वीरगञ्ज लगिएका रविलाई सिमरा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको हो। अब उनलाई अर्को म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराउने तयारी भएको प्रेस सल्लाहकार न्यौपानेले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी श्यामबाबु ओलियाले रविलाई बिहीबार म्याद थपका लागि अदालत लगिने बताएका छन्।

वीरगञ्जस्थित सरकारी वकिलको कार्यालयमा रविको करिब ४ घण्टा बयान गरिएको थियो । विभिन्न पाँचवटा सहकारीको रकम हिनामिना प्रकरणमा गत कात्तिक २ काठमाडौंबाट पक्राउ परेका उनी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कास्कीबाटै उनलाई विभिन्न जिल्लामा लगेर बयान लिने क्रम अब सकिएको छ ।

लामिछानेबारे अनुसन्धान सकिएपछि अब कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गर्न थालेको छ । बिहीबार म्याद थपपछि केही दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पाँचवटा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयान रवि अनि उनका साझेदार छविलाल जोशीको पनि बयान सकिएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने, उनका साझेदार एवमब् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल एकैसाथ कास्की प्रहरीकहाँ राखिएका छन् ।

प्रहरीले रविलाई भन्दा पहिले गत असोज ६ गते काठमाडौंबाटै पक्राउ गरेको थियो । पोखराको सूर्यदर्शन बचत सहकारीको बचत हिनामिना प्रकरणमा पुरक उजुरी परेपछि छविलाललाई सुरुमा समातिएको थियो ।

रविसहित हिरासतमा रहेकाहरूलाई सहकारी ठगीसम्बन्धी ऐनमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको छ । त्यससँगै संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी प्रावधान अनुसार उनीहरूलाई तीनै कसुरमा अनुसन्धान गरिएको हो ।

सम्पत्ति शुद्धीकरणमा प्रहरीले अभियुक्तलाई ९० दिन हिरासतमा राख्न सक्छ । त्यहीकारण रवि र छवि दुवैलाई लामो समय हिरासतमा राखिएको हो । छवि पक्राउ परेको मंगलबार ८० दिन पूरा भएको छ । अब छवि पक्राउ परेको समयअनुसार नै अबको १० दिन अर्थात् ९० दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालत लैजानुपर्ने चुनौती प्रहरीलाई छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : ०८ बजे

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग,

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज

मनमोहन सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले