अर्थसंक्षेप : थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम, निजी लगानी वृद्धि गर्न अर्थमन्त्रीको सुझाव | Khabarhub Khabarhub

अर्थसंक्षेप : थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम, निजी लगानी वृद्धि गर्न अर्थमन्त्रीको सुझाव


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनभर आजका आर्थिक खबरमा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा थालियो, मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन भएकाे छ, नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल, नेप्से ओरालोलगायतका समाचारले प्रमुख स्थान पाए । 

विस्तृत रुपमा हेर्नुहोस् आजका आर्थिक खबरहरु :

निजी लगानीलाई वृद्धि गर्न आवश्यक : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पुँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)

नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा थालिएको छ। पुस १ गतेदेखि राष्ट्र बैंकले नयाँ भवनबाट सेवा सञ्चालन थालेको हो ।

यसअघि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट सेवा दिने गरिएको थियो। केन्द्रीय बैंकको सम्पति तथा सेवा ब्यवस्थापन विभागअन्तर्गतका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवा मंगलबारदेखि थापाथलीस्थित नवनिर्मित भवनबाट सुरु भएको हो ।

मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ। गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकाेमा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ।

वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कमी

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कर्णालीमा धान उत्पादन बढ्यो

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल

विश्वविद्यालय तहको अधिकांश विषयमा अनिवार्य प्रयोगात्मक अङ्कभार व्यवस्था छ । आफूले अध्ययन गरेको विषयमा सैद्धान्तिक परीक्षासँगै विद्यार्थीहरू व्यवहारिक परीक्षामा पनि उत्तिर्ण हुनुपर्ने हुन्छ । अर्थात्‌, आफूले डिग्री गर्न चाहेको विषयमा निश्चित समय व्यवहारिक अभ्यास (इन्टर्नसीप) गर्नुपर्ने हुन्छ ।

सामान्यतयाः आफूले छनोट गरेको विषयसँग सम्बन्धित वस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्रमा इन्टर्नसीप गर्नुपर्छ । औद्योगिक तथा व्यवसायिक हिसाबले नेपाल विकासको उच्चतम अवस्थामा नपुगेको हुँदा इन्टर्नसीप गर्नुपर्ने विद्यार्थीलाई सम्बन्धित क्षेत्र खोज्न नै मुस्किल पर्ने गरेको छ ।

नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस्

नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर आएकाे गलत सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

टेलिकमले आधिकारिक लोगोसमेत प्रयोग गरेर यस्ताे सूचना प्रवाह भइरहेकोप्रति सचेत रहन आग्रह गरेको हो ।

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली

कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्रीको आग्रह

शिक्षकको मासिक तलब उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन

नेप्से ओरालो, कारोबार कति ?

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ४२१ पटक शेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : १८ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन