अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल « Khabarhub

अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

बाकु- कजाख्स्तानको अकताऊ शहरमा एक यात्रुवाहक जहाज बुधबार दुर्घटनामा परेको छ।

स्थानीय अधिकारीकाअनुसार जहाजमा ६७ जना सवार थिए । अधिकारीहरूले जहाजमा सवार ६७ जनामध्ये २५ जना ज्यान जोगाउन सफल भएका बताएका  छन् ।

कजाख्स्तानको आफतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यस घटनामा बाँचेका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ ।

जहाज जब उचाइबाट तलतर्फ आइरहेको थियो, त्यहीबेला आगो लागेको थियो । दुर्घटनमा परेको एम्बरार १९० जहाजमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए ।

समाचार एजेन्सी रोयटर्सले रूसको समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जुन बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ गइरहेको थियो । यो जहाजले बाक्लो हुस्सुका कारण बाटो बदलेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : २५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण