आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल « Khabarhub

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताए । यहाँको कालिका नगरपालिका–५ स्थित श्री पदमपुर आधारभूत विद्यालय ढेढौलीको ७०औँ वार्षिकोत्सव एवं विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्राप्त संविधानलाई रक्षा गर्दै औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “ऐन कानुन निर्माणमा ढिलाइ हुनाले केही जटिलतामा छौँ, मौलिक अधिकारको हिसाबले हामी समृद्ध छौँ, तर पुरानो अवस्थातिर फर्किन खोज्नेबाट सजग हुनुपर्छ ।”

जनताले अझै प्राप्त उपलब्धिको अनुभूति गर्न नपाएको उनले बताए । उनले भने , “संविधानसभाले संविधान बनायो । ठुलै चिज पाइयो भनियो तर अझै अनभूति गर्न पाएको छैन । जनताले केही नपाएको भने होइन, गणतन्त्र सङ्घीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिकलगायत थुप्रै अधिकार प्राप्त गरेका छन् ।”

वर्तमान संविधानकै कारण महिला दलित उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिस सरकारमा जाने अवसर पाएको उनको भनाइ छ । उनले शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझाउन सक्नुपर्ने बताए । एक करोड लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको अध्यक्ष दाहालले शिलान्यास गरे ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : १३ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले