प्रहरीसँगको झडपमा अनेरास्ववियूका संयोजक महरसहित आठ घाइते « Khabarhub

प्रहरीसँगको झडपमा अनेरास्ववियूका संयोजक महरसहित आठ घाइते


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो ।

झडपमा अनेरास्ववियुका संयोजक ऐन महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरु घाइते भएको बताए ।

“चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उनले भने, “सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।” प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक बोगटीले भने ।

सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबै प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् । चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ८ : ४७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप