एटिएमबाट पैसा चोरी प्रकरण– अनुसन्धान गर्न विदेशी विज्ञ टोली नेपालमा « Khabarhub

एटिएमबाट पैसा चोरी प्रकरण– अनुसन्धान गर्न विदेशी विज्ञ टोली नेपालमा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एटिएम ह्याक गरेर चिनियाँ नागरिकले नेपालका विभिन्न वैंकको पैसा लुटेपछि यसको अध्ययन र अनुसन्धान गर्न विदेशी विज्ञहरुको टोली नेपाल आएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स) को आग्रहमा उक्त विज्ञ टोली बुधबार राति नेपाल आएको हो ।

फरेस्सिक टोलीले विहीवार(आज) देखि काम गर्न थाल्ने नेप्सका प्रमुख कार्यकारी अधकिृत प्रविणप्रकाश क्षेत्रीले बताए ।

उक्त अनुसन्धान टोलीले एटिएमबाट पैसा चोरीको घटना कसरी, कहाँ भएको र कस्तो कमीकमजोरी भएका कारण यस्ता घटना भएको भन्ने बारे अध्ययन अनुसन्धान गर्ने छ । उसले गरेको अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा अघि बढ्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

त्यसैगरि एटिएम ह्याकिङको विषयमा अध्ययन र अनुसन्धान गर्न विद्युतीय सेवा प्रदाय कम्पनी ‘भिसा’ बाट पनि एउटा टोली नेपाल आउने भएको छ । उक्त टोली विहीवार नेपाल आउने छ ।

गत शनिवार दरबारमार्ग र ठमेलमा रहेका विभिन्न बैंकको एटिएमबाट चिनियाँ ह्याकरले डेढ करोड भन्दा बढी रकम लुटेका थिए । प्रहरीका अनुसार सिस्टम ह्याक गरि उनीहरुले रकम झिकेका हुन् ।

रकम लुटपाटमा संलग्न भएका ६ जना चिनियाँलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ३५ बजे

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका