गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की  | Khabarhub Khabarhub

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले गृहिणी महिलालाई भत्ता दिनुपर्ने बताएकी छन् । मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गृहिणीको सशक्तीकरण विना सामाजिक रूपान्तरण नहुने बताएकी हुन् । 

उनले भनेकी छन्, ‘ मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सर्वोत्तम हितको लागि वृद्ध भत्ताको सुरुवात गर्नुभएको थियो । त्यसरी नै गृहिणी भत्ता सुरु हुनुपर्छ । तर भत्ता जागिरे, व्यवसायीको लागि नभई विशुद्ध घरमा गृहिणीलाई मात्रै हो ।’ 

साथै, उनले बागमती प्रदेश सरकारले आमाबुबाविहीन बालबालिकाको लागि सामाजिक सुरक्षा भत्ता पनि दिने निर्णय भएको बताइन् ।

उनले थपिन्  ‘बागमती प्रदेशमा ११९ पालिका छन् । जसमा ७४ पालिकामा यस्ता कार्यक्रम अगाडी बढिसकेको छ । ‘बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीका साथ काम भइरहेको छ । बाल विवाह न्यूनीकरणका लागि एक करोड ११ करोड बजेट छुट्टाइएको छ ।’ 

त्यसैगरी बागमती प्रदेशले बालबालिकासम्बन्धी ऐन २०७६ मा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीति अगाडी बढेको पनि उनले जानकारी गराएकी छन् ।

 ‘बाल अधिकार नीति र बालिका तथा समावेशी शिक्षा नीति बनेको छ, उनले भनिन्,  ‘पहाडी भेगमा भन्दा तराईमा बाल विवाह भएको देखिन्छ । नीति तथा कार्यक्रममा समावेश गरेर कार्यविधि बनाएरै काम गर्नुपर्छ । पुर्णरुपमा अधिकार प्राप्त नहुँदा प्रदेश सरकारलाई काम गर्न कठिनाइ छ ।’ 

मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ४९ बजे

राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले