भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी « Khabarhub

भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ ।

राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो ।

राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो । राष्ट्र बैंकले कुन बैंकको कति रकम लुटिएको भनेर केही खुलाएको छैन ।

गत शनिबार काठमाडौंबाट पक्राउ परेका चिनियाँ ह्याकरहरुको गिरोहले नेपालका १७ वटा वाणिज्य बैंकबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ लुटेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस (नेप्स) र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्याकरहरुले ‘साइबर हमला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् ।

पछिल्लो ह्याकिङबारे फरेन्सिक विज्ञहरुले अध्ययन गरिरहेकाले अध्ययन सकिएपछि मात्रै सम्पूर्ण विवरण सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

अध्ययन समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिसा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ : ३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ ।

प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  २ : ४२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२