अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अमेरिका पठाइदिने भन्दै उनीहरूले पीडितहरूबाट ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएर फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए। उनीहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ०२ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।