बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली « Khabarhub

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयको बिजुली काटिदिएको हो ।

तीन महिनासम्म बत्तीको बिल कांग्रेसले नतिरेपछि प्राधिकरणले कर्मचारी पठाएर लाइन काटिदिएको हो । अन्य ग्राहकको पनि तीन महिनासम्म बिल नतिरे लाइन कानिन्छ ।

संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको हो । कांग्रेस संसदीय दलको करिब ६५ हजार बिल तिर्न बाँकी थियो ।

बिजुली काटिएपछि बिहीबार नै बिल तिरेकाले लाइन जोड्ने तयारी प्राधिकरणले गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  २ : ०१ बजे

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु