महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा बिरामी « Khabarhub

महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा बिरामी


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

प्रयागराज- मंगलबार महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ ।

यस्तो अवस्थामा उनी संगममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ । निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले संगममा स्नान गर्ने बताए ।

अस्वस्थ भए पनि उनी संगममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए ।

‘उनलाई एक किसिमको एलर्जी छ । यस्तो भीडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पूजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुदैँछ’, उनले भने ।

लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् ।

‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।

उनका अनुसार हिन्दू परम्परा अलौकिक छ किनभने ती मानिसहरू पनि यसमा सामेल हुन चाहन्छन्, जसले यो परम्परालाई कहिल्यै देखेका, बुझेका वा थाहा पाएका छैनन्।

स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ । उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समुहमा विभाजन गरिएको छ ।

सन्यासी अखाडा, बैरागी अखाडा र उदासीन अखाडा। जुना अखाडा र निरञ्जनी अखाडा लगायत ७ वटा अखाडा सन्यासी समूहका अङ्गको रूपमा रहेका छन ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ४८ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख