महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा बिरामी « Khabarhub

महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा बिरामी


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

प्रयागराज- मंगलबार महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कल्पवास बिताउन विदेशबाट आएकी एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सको स्वास्थ्य अचानक बिग्रिएको छ ।

यस्तो अवस्थामा उनी संगममा डुब्ने कि नडुब्ने भन्नेमा पछिल्ला केही घण्टादेखि गोप्य राखिएको छ । निरञ्जनी अखाडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजले लरेनले संगममा स्नान गर्ने बताए ।

अस्वस्थ भए पनि उनी संगममा स्नान गर्नेछिन् । गिरी महाराजका अनुसार उनी अहिले आफ्नो शिविरमा आराम गरिरहेको बताए ।

‘उनलाई एक किसिमको एलर्जी छ । यस्तो भीडभाड भएको ठाउँमा उनी यसअघि कहिल्यै गएकी थिइनन्, उनी निकै सरल स्वभावकी छिन्, रातको पूजामा उनी पनि हामीसँगै थिइन्, अब स्वास्थ्य बिस्तारै ठिक हुदैँछ’, उनले भने ।

लरेनलाई हातमा एलर्जी भएको गिरी महाराजले बताए । त्यसैले उनले शाही स्नानमा भाग लिन्छिन कि लिदिनन भन्ने प्रश्नमा अब उनी एक्लै स्नान गर्न जाने भएकी छिन् ।

‘उनको स्नान प्रबन्ध मिलाएर पवित्र संगममा डुब्न सकून् र त्यसपछिको पूजा, अभिषेक र हवनमा पनि उनी हामीसँगै हुनेछिन्,’ उनले भने ।

उनका अनुसार हिन्दू परम्परा अलौकिक छ किनभने ती मानिसहरू पनि यसमा सामेल हुन चाहन्छन्, जसले यो परम्परालाई कहिल्यै देखेका, बुझेका वा थाहा पाएका छैनन्।

स्टिभ जब्सकी पत्नी लौरेन पावेल जब्सको हिन्दू धर्ममा गहिरो आस्था रहेको बताइन्छ । उनी निरञ्जनी अखाडाकी हुन् । महाकुम्भमा जम्मा १३ वटा अखाडाले भाग लिएका छन्, जसलाई ३ समुहमा विभाजन गरिएको छ ।

सन्यासी अखाडा, बैरागी अखाडा र उदासीन अखाडा। जुना अखाडा र निरञ्जनी अखाडा लगायत ७ वटा अखाडा सन्यासी समूहका अङ्गको रूपमा रहेका छन ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ४८ बजे

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा

रवि ओडले हालेको डिभोर्सको मुद्दाको फैसला- दाबी पुगेन

काठमाडौं – गायक रवि ओडले दर्ता गरेको डिभोर्सको मुद्दामा कञ्चनपुर

सरकारलाई प्रचण्डको चेतावनी : ट्रेड युनियन लोकतन्त्रका आत्मा हुन्, खारेज नगरियोस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले

प्रचण्डको टिप्पणी : नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत