अर्थसंक्षेप : अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल, नेप्से १२ अंकले बढ्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल, नेप्से १२ अंकले बढ्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा राखेको वैदेशिक सहायता प्राप्तिमा सफलता हासिल गर्न सकेन । आइतबार नेप्से १२.५८ अंकले बढ्यो । निर्माण व्यवसायीले विभिन्न १४ वटा विषयमा आन्दोलनको सुरुवात गरेका छन् । आज सुनको मूल्य ८ सयले घटेको छ ।

आजका आर्थिक समाचार :

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल

सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने भएको छ । चालु आर्थिक वर्षको ६ महिना समय बित्दा वार्षिक लक्ष्यको १४.८ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गर्न सफल भएकाले सरकारले लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने देखिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आइतबार अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । जब कि सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

आन्दोलनमा निर्माण व्यवसायी, १४ बुँदे मागसहित कांग्रेस सभापति देउवालाई गुहारे

सरकार पुँजीगत खर्चमा सधैँ कमजोर देखिँदै आएको छ । सरकारको पुँजीगत क्षमतामा देखएिको कमजोरीका कारण अर्थतन्त्रको सम्पूर्ण पक्ष नै प्रभावित भएको सम्बन्धित क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । तर, सरकारसँग जोडिएर पुँजीगत खर्चको मुख्य जिम्मेवारी बहन गर्दै आएको निर्माण क्षेत्र नै वर्षेनि आफ्ना मागसहित आन्दोलित हुनुपर्ने अवस्था पुग्ने गरेको देखिन्छ ।

निर्माण व्यवसायीहरू निर्माण सामग्रीको मूल्यवृद्धि, बक्यौता भुक्तानी, आयोजनाको म्याद थप, ऋण सुविधा, रुग्ण ठेक्का, सार्वजनिक खरिद नियमावली लगायत १४ वटा मुद्दासहित आन्दोलित छन् ।

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको सात अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६र७७ देखि सुरु भएको हो ।

‘होटल बाराही काठमाडौं’लाई टफ्ट टाइगरबाट मिल्यो ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र

ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस ९दिगो अभ्यास०मा उत्कृष्टता हासिल गरेपछि ‘होटल बाराही काठमाडौं’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।

टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा जानकारी दिए ।

बाँझो बारी जोतेर कोदो उत्पादन

जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो ।

नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताए ।

सुनको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विदेशबाट फर्किएका युवामा कृषि मोह

यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक एक हजार छ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, ‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’

नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ ।

आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ ।

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी ६ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ। ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ।

१० लाख रुपैयाँको लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन्। उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिइन्। उनले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताइन्। पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : २२ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता