वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’ | Khabarhub Khabarhub

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित बनेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीसँग एमालेमा फर्किनेबारे गौतमले पटकपटक कुराकानी गरेका थिए ।

मङ्गलबार साँझ बसेको ४४औं सचिवालय बैठकले गरेका विभिन्न चार निर्णयमा गौतमको विषय पनि उल्लेख छ । तर, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ उल्लेख छ ।

सहकार्यको अर्थ पार्टी प्रवेश नै गराउने या तत्काललाई त्यसो नगरी गौतम नेतृत्वको अभियानसँग सामान्य सहकार्य मात्रै गर्ने भन्ने प्रष्ट गरिएको छैन ।

सचिवालय बैठकले यसै वर्षको माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने तथा अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय गरेको छ ।

अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय नम्बर २ मा उल्लेख छ ।

निर्णय नम्बर ३ मा पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने लेखिएको छ ।

महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निर्णय नम्बर ४ मा वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने उल्लेख छ । यसअघि गौतमले खबरहबसँग कुरा गर्दै ओलीले आफूलाई दुई मुटु एक धड्कन भएर काम गर्ने र पार्टीमा सम्मानपूर्वक राख्ने भनेको बताएका थिए । एमालेसँग मिल्न खोज्दा उनी नेतृत्वको एकता अभियान नै फुटिसकेको छ ।

यो पनि –

ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : १७ बजे

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका

उभौलीको रौनक : टोलटोलमा साकेला सिली

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक