वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’ « Khabarhub

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित बनेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीसँग एमालेमा फर्किनेबारे गौतमले पटकपटक कुराकानी गरेका थिए ।

मङ्गलबार साँझ बसेको ४४औं सचिवालय बैठकले गरेका विभिन्न चार निर्णयमा गौतमको विषय पनि उल्लेख छ । तर, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ उल्लेख छ ।

सहकार्यको अर्थ पार्टी प्रवेश नै गराउने या तत्काललाई त्यसो नगरी गौतम नेतृत्वको अभियानसँग सामान्य सहकार्य मात्रै गर्ने भन्ने प्रष्ट गरिएको छैन ।

सचिवालय बैठकले यसै वर्षको माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने तथा अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय गरेको छ ।

अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय नम्बर २ मा उल्लेख छ ।

निर्णय नम्बर ३ मा पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने लेखिएको छ ।

महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निर्णय नम्बर ४ मा वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने उल्लेख छ । यसअघि गौतमले खबरहबसँग कुरा गर्दै ओलीले आफूलाई दुई मुटु एक धड्कन भएर काम गर्ने र पार्टीमा सम्मानपूर्वक राख्ने भनेको बताएका थिए । एमालेसँग मिल्न खोज्दा उनी नेतृत्वको एकता अभियान नै फुटिसकेको छ ।

यो पनि –

ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : १७ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन