ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुल्यो « Khabarhub

ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुल्यो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको नेपाल ओलम्कि कमिटीको अधिवेशन (निर्वाचन)को बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेपछि ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुलेको हो ।

ओलम्पिक कमिटीका ‘कार्यसमिति सदस्य’ कमल बहादुर चित्रकारले दायर गरेको रिटमाथि सुनुवाई गर्दै भदौ १७ गते सर्वोच्च अदालतले तत्कालका लागि निर्वाचनसँग सम्बन्धित कार्यक्रम नगर्न नगराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले उक्त विषयमा थप छलफलका लागि भदौ २२ गते (आइतबार) दुवै पक्षलाई बोलाएको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र डा मनोजकुमार शर्माको इजलाशमा दुई पक्षबीचको छलफलसँगैको बहसपछि अन्तरिम आदेश जारी नहुने आदेश भएको हो ।

नेपाल ओलम्पिक कमिटीका लागि भदौ २० गते निर्वाचन मिति तोकिएको थियो । तर, सर्वोच्चको अन्तरिम आदेशपछि उक्त मितिमा निर्वाचन हुन सकेन ।

यसअघि जारी अन्तरिम आदेश निरन्तर नहुने सर्वोच्को आदेशसँगै अब निर्वाचनका लागि नयाँ मिति तय गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : ०७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने