यस्तो देखियो संसद् अधिवेशनको पहिलो बैठक (तस्बिरहरू) | Khabarhub Khabarhub

यस्तो देखियो संसद् अधिवेशनको पहिलो बैठक (तस्बिरहरू)


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।

पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

विरोध जनाउनेमा रास्वपाका सांसद छन् । उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी छन् ।

लामो समयपछि चलेको यो बैठकमा सहभागी हुन सांसदहरू उत्साहित भएर पुगेका थिए । तर रास्वपाको अवरोधपछि अवस्था केही तनाव भएको छ। बैठकमा रास्वपाको अवरोधबीच सभामुखले कार्यसूची अघि बढाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ४४ बजे

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान