अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश | Khabarhub Khabarhub

अध्यादेशमार्फत् योजना आयोगको भूमिकामा सरकारको अंकुश


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको भूमिकालाई अंकुश लगाएको छ ।

सरकारले गत पुस अन्तिममा ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ मा गरिएका व्यवस्थाले राष्ट्रिय योजना आयोगको भूमिकालाई कम गरिएको पाइएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशमा ऐनको दफा ८ को उपदफा १ र २ लाई संशोधन गर्दै सरकारले बजेटको सिलीङ तोक्ने काम अर्थमन्त्रालयलाई दिने व्यवस्था गरेको छ ।

दफा ८ मा गरिएको बजेटको सीमा र मार्गदर्शन पठाउने कामको जिम्मेवारी प्राथमिक रुपमा योजना आयोगलाई रहेको छ । जसमा समय तोकेरै बजेटको सीमा र ढाँचा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

तर सरकारले अध्यादेशमा योजना आयोगले आयोजना र कार्यक्रम प्रस्ताव गर्ने तर आयोगको विवरणको आधारमा अर्थ मन्त्रालयले नै बजेट सीमा र बजेट तर्जुमा सम्बन्धि मार्ग दर्शन तयार गर्ने भन्ने व्यवस्था गरिएको छ । यसअघि यो सबै योजना आयोगले राष्ट्रिय स्रोत अनुमान समिति मार्फत गर्ने व्यवस्था रहेको थियो ।

योजना आयोगले सिलिङ र ढाँचा तथा योजनाको प्रस्ताव राष्ट्रिय स्रोत अनुमान समितिमार्फत् पठाएपछि मन्त्रालयले मन्त्रालयगत बजेट सुचना प्रणाली (एलएमबीआईएस) मा इन्ट्री गर्ने प्रक्रियालाई अब सरकारले सबै अधिकार अर्थ मन्त्रालयलाई दिएको छ ।

अध्यादेश कार्यान्वयनमा गएमा सिलिङ निर्धारण गर्ने र ढाँचा आफैं बनाउने भएपछि शक्तिको सन्तुलन नहुने अनुमान छ । दोहोरो भूमिका गरेर सरकारले बजेट निर्माण प्रक्रियामा हस्तक्षेप गरेको भन्दै योजना आयोगका पदाधिकारी चिन्तित बनेका छन् ।

बजेट निर्माणको प्रक्रियामा आफ्नो भूमिकालाई अध्यादेश मार्फत कमजोर बनाएको भन्दै योजना आयोगका पदाधिकारी समेत असन्तुष्ट बनेको बुझिएको छ ।
अर्थ मन्त्रालयले चलाखी अपनाएर बजेट निर्माणमा योजना आयोगको भूमिका सीमित गरेको विषयमा सत्ता पक्षकै सांसद र मन्त्रीसमेत अलमलमा परेका छन्।

सरकारले आफ्नो किसिमले बजेट निर्माण गर्न अध्यादेशमा यस्तो व्यवस्था गरेको भन्दै कांग्रेसका नेताहरू सशंकित बनेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : १६ बजे

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

दाङ– दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए । ‘हाइटेन्सन’

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङ– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको