इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महानगर लागेको मेयर शाक्यको भनाइ « Khabarhub

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महानगर लागेको मेयर शाक्यको भनाइ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबै सरोकारवालहरुसँग अपिल गरेका छन्।

सोमबार नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहहरूको छलफलमा मेयर शाक्यले यस्तो अपिल गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै मेयर शाक्यले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका मेयर सहित ४८ जना विदेशी प्रतिनिधिहरू आउने पनि जानकारी दिए ।

‘विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो,’ शाक्यले भने ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तर्राष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउने कुरा सकारात्मक हो ।’

मेयर शाक्यले महानगरपालिकाले पनि यो पर्वलाई विशेष महत्व दिएको बताए । ‘अन्तर्राष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्य रुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्छ,’ शाक्यले भने, ‘इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहल समेत भइरहेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिनुभएको छ । हाल रु. ५ करोडको कोष बनाउने तयारी भैइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिक रुपमै अघि बढ्छौँ ।’

सो छलफलपछि इन्द्रजात्रा पर्वमा कुनै पनि राजनीतिक गतिविधिहरू नगर्न र कुनै पनि संघ संस्थाले जात्रालाई असर पर्ने गरी कुनै क्रियाकलाप नगर्ने प्रतिबद्धतासहित सार्वजनिक अपिल समेत जारी गरिएको छ ।

उक्त अपिलमा मेयर शाक्यलगायत इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरव आदिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ३ : २१ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास