चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री « Khabarhub

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

लम्की– परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएका छन् । 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताए। 

उनले भने, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।’

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरे। उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताए। 

केही दिनदेखि सुदूरपश्चिमको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय  बिपी स्मृति भवनसमेत उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : ५० बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी