मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित « Khabarhub

मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् ।

उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय सुरु भएको घोषणा गरेपछि पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्ने समय उपलब्ध गराएको भन्दै रास्वपा विरोधमा उत्रिएका थिए । त्यसपछि बैठक अघि बढ्न सकेन ।

खतिवडाले नेपाल प्रहरीको बढुवाबारे धारणा राखेका थिए । त्यसलगत्तै रास्वपा सांसद गणेश पराजुलीले आफ्नो भनाइ राख्दै सत्ता पक्षले प्रतिपक्षीहरूलाई पेलेको टिप्पणी गरे ।

सांसद खतिवडाले बोलेका कुराहरू संसदको रेकर्डबाट नहट्दासम्म आफू उभिएको स्थानबाट नबस्ने बताएपछि संसद अवरुद्ध भएको हो । उपसभामुख इन्दिरा रानामगर अलमलिँदा भएको अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : २९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट