कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य « Khabarhub

कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् । 

आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनः स्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौँ युवाहरू विदेशका सहर र गल्लीमा भौँतारिएका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरू पनि दुर्व्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’

थापाले दुर्व्यसनमा फसेकालाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।

दुर्व्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराउन बल गर्नुपर्नेसमेत उनले बताए ।

सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा थापाले खुसी व्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरूको उद्धार र पुनः स्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको थापाले बताए । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ४८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज