कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य « Khabarhub

कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् । 

आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनः स्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौँ युवाहरू विदेशका सहर र गल्लीमा भौँतारिएका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरू पनि दुर्व्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’

थापाले दुर्व्यसनमा फसेकालाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।

दुर्व्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराउन बल गर्नुपर्नेसमेत उनले बताए ।

सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा थापाले खुसी व्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरूको उद्धार र पुनः स्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको थापाले बताए । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ४८ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको