आजका समाचार : देशभर महाशिवरात्रिको उल्लास, १३ औँ फाइनल पनि हार्‍यो नेपालले र सुडानी सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु | Khabarhub Khabarhub

आजका समाचार : देशभर महाशिवरात्रिको उल्लास, १३ औँ फाइनल पनि हार्‍यो नेपालले र सुडानी सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति दम्पती
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका छन् ।

महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बुधबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजा आराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरे ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजा आराधना गर्ने परम्परा छ ।

देशकै बलियो शक्ति भएकाले एमालेमाथि चौतर्फी आक्रमण भयो : नेता भट्ट

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

परराष्ट्रमन्त्रीद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेट

एकीकृत समाजवादीमा आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी योजना कार्यदल गठन
नेकपा एकीकृत समाजवादीले आन्दोलन द्वारा पार्टी निर्माण सम्बन्धित विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदल गठन गरेको हो।

यस अगाडि बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनद्वारा पार्टी निर्माण गर्ने योजना अन्तर्गत महासचिव गर्ने श्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

कार्यदलमा महासचिव भुसाल, उपमहासचिव मेटमणि चौधरी, रामकुमार भट्टराई, सांसद शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री छन् ।

कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

‘लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास’

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
महाशिवरात्रिको अवसरमा आज मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ ।

पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएको हो । सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

(तस्बिरहरु)

पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

पशुपतिमा साधुका अनेक रुप (तस्बिरहरू)

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)

आज महाशिवरात्रि : बिहान दुई बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

फाइनल खेलमा म्यान्मारविरुद्ध भिडेको नेपालले पहिलो हाफमा पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

दशरथ रंगशालामा साँझ ६ बजेदेखि भइरहेको फाइनल खेल करिब १२ हजार दर्शकबीच भइरहेको छ । नेपालले पहिलो हाफमा पाएका गतिला अवसर खेर फ्याँक्दा चुक्चुकाउनु परेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ ।

तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि

नेपाली समर्थकले भरियो दशरथ रंगशाला (तस्बिरहरू)

पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो

विविध कार्यक्रमसहित टुँडिखेलमा सेना दिवस सम्पन्न
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस(२०८१ आज फाल्गुण १४ गते विविध कार्यक्रमहरूसहित मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको सुरुमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही(२०८१ विमोचन गर्नुका साथै फ्री-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान गरे ।

त्यसैगरी कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे ।

नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो : मुख्यमन्त्री कँडेल

लक्ष्यको तुलनामा कम धान खरिद

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार विरुद्ध मुद्दा दायर

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

म्याग्दीमा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, अन्य तीन घाइते

सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु
सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका छन् ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठुलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।

सन् २०२३ अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजसँग युद्धरत रहेको सेनाले उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् ।

रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने

ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता सुरु

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

अमेरिका-युक्रेन खनिज सम्झौतामा जेलेन्स्कीले शुक्रबार हस्ताक्षर गर्ने ट्रम्पको दाबी

पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन

ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ०९ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार