के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने « Khabarhub

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान् शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्वारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठूलाठूला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

महामृत्युञ्जय मन्त्र एक अचम्मको मन्त्र हो जसले व्यक्तिलाई मृत्युको मुखबाट फर्काउँछ । जो भक्तले महामृत्युञ्जय मन्त्रको जप गर्छ रोगको उन्मूलन र जीवनबाट चलिरहेका समस्याहरू हट्छ, उसको सबै बाधाहरू हट्छन् ।

महामृत्युञ्जय मन्त्र जप गर्दा साधकले रुद्राक्ष र भस्म लगाउनुपर्छ।

महामृत्युन्जय मन्त्रको महत्व
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

किन जप्ने महामृत्युञ्जय मन्त्र ?
१. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मिक विश्वास छ ।
२. यस मन्त्रको जप गर्दा भगवान् शिवसमेत प्रसन्न भएकाले कुण्डलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

कसरी जप्ने ?
१. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
२. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मिक मान्यता छ ।
३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ ।
४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुँदैन ।
६. मन्त्र जप गर्दा कसैसँग पनि कुरा गर्नु हुँदैन । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ४४ बजे

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई