प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ ।

राजनीतिक संयन्त्रमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन् ।

सरकारले गत पुस १४ गते र २१९ गते जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन् । अब तिनलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन् ।

तर गत माघ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमि संशोधनसम्बन्धी अध्यादेश भने अड्किएको छ । जनता समाजवाद पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सकारात्मक नहुँदा उक्त अध्यादेश संसद्‍मा लगिएको छैन । अरू पाँचवटा अध्यादेश राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भइसकेका छ्न ।

अड्किएको भूमिसम्बन्धी अध्यादेशबारे पनि यो संयन्त्रको बैठकमा छलफल गर्ने तयारी छ। संयन्त्रको निर्णयबाटै अन्य पाँच अध्यादेश पास भएको अवस्थामा भूमिसम्बन्धी पास गर्ने रणनीति दुई दलले बनाउँदैछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ३२ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध