पृथ्वीनारायण क्याम्पस पोखरामा आज स्ववियु निर्वाचन « Khabarhub

पृथ्वीनारायण क्याम्पस पोखरामा आज स्ववियु निर्वाचन


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।

चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा गडबडी देखिएपछि स्थगित भएको थियो । त्यसपछि विद्यार्थी सङ्गठनबीच सहमति गरी आजका लागि मतदानको मिति तय भएको थियो ।

१६ वर्षपछि हुन लागेको निर्वाचनमा स्ववियु सभापतिमा २ स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन् । क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् ।

एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् । 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ११ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार