सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए  « Khabarhub

सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको पुष्टि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घिसिङलाई बर्खास्त गरिएको पुष्टि गरेका हुन् । 

‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।’ 

यसअघि सोमबार बेलुकी बैठकका निर्णयबारे संक्षिप्त जानकारी दिने क्रममा उनले कुलमानबारे जबाफ दिन इन्कार गरेका थिए । 

उनले बैठकबाट चुहिएको सूचनाका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताएका थिए ।  

यस्तो थियो संवाद :

पत्रकार : कुलमान घिसिङलाई हटायो भन्छन् नि ।
सञ्चारमन्त्री : को ले, कुलमानले भन्या ?
पत्रकार : होइन, स्रोतले भन्या ।
मन्त्री : खै सरकारलाई त थाहा छैन !
पत्रकार : हटायो भन्ने खबर छ नि ?
मन्त्री : मैले के भन्छु, त्यो कुरा सोध्नु न ।
पत्रकार : त्यही कुरा सुन्न त बसेका छौँ नि अघिदेखि ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ४१ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः