म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता | Khabarhub Khabarhub

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठममाडौं – म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ। सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन्। अहिले उद्धार कार्य जारी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ।

म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो। सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ। भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो। घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ।

घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन्। धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ। डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन्।

सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ। पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन्।

यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पका कारण थप समस्या उत्पन्न भएको जनाएको छ। युनिसेफको त्यो क्षेत्रका इमर्जेन्सी सल्लाहकार ट्रेभर क्लर्कले सो कुरा बताएका हुन्।

बैंककको पछिल्लो समाचार अनुसार दुई हजार हजार जनाको अझ उद्धार बाँकी छ। उद्धार कार्यमा संलग्नलाई रातको समयमा ड्रोनबाट खाना वितरण गरिएपछि फ्लोड लाइट अभावका कारण धेरै स्थानमा खोजी कार्य कठिन भएको छ। एक महिलाले सडकमा नै बच्चालाई जन्म दिएकी छिन्। अस्पताल पुग्न नसकेपछि उनले अप्ठेरो अवस्थामा उपचार नपाएकी हुन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ०१ बजे

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो