म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता « Khabarhub

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठममाडौं – म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ। सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन्। अहिले उद्धार कार्य जारी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ।

म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो। सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ। भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो। घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ।

घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन्। धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ। डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन्।

सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ। पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन्।

यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पका कारण थप समस्या उत्पन्न भएको जनाएको छ। युनिसेफको त्यो क्षेत्रका इमर्जेन्सी सल्लाहकार ट्रेभर क्लर्कले सो कुरा बताएका हुन्।

बैंककको पछिल्लो समाचार अनुसार दुई हजार हजार जनाको अझ उद्धार बाँकी छ। उद्धार कार्यमा संलग्नलाई रातको समयमा ड्रोनबाट खाना वितरण गरिएपछि फ्लोड लाइट अभावका कारण धेरै स्थानमा खोजी कार्य कठिन भएको छ। एक महिलाले सडकमा नै बच्चालाई जन्म दिएकी छिन्। अस्पताल पुग्न नसकेपछि उनले अप्ठेरो अवस्थामा उपचार नपाएकी हुन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ०१ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव